अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चका दुई न्यायाधीशद्वारा सपथग्रहण

सर्वोच्चका दुई न्यायाधीशद्वारा सपथग्रहण


काठमाडौं- सर्वोच्च अदालतका दुई नवनियुक्त न्यायाधीश नहकुल सुवेदी र कुमार चुँडालले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ ।

सर्वोच्च अदालतमा आयोजित एक समारोहमा दुवै न्यायाधीशलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथग्रहण गराउनुभएको हो । सपथलगत्तै दुवै न्यायाधीशलाई आजैबाट इजलाससमेत तोकिएको छ ।

न्यायाधीश नहकुल सेवेदी र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा कमलादेवी सिंखडाले नेपाल सरकारलाई वादी बनाइ दर्ता गरेको सन्जेश तामाङ विरुद्धको कर्तव्य ज्यान मुद्धाको पुनरावेदन फिर्ता सम्वन्धमा सर्वोच्च अदातलमा सुनवाइ भइरहेको छ ।

त्यस्तै, न्यायाधीश चुडाललाई न्यायाधीश प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा ग्लोबल आईएमइ बैंकले डि.सि कन्ट्रयाक्टर एण्ड सप्लायर्स विरुद्धको मुद्दामा अन्तरकालिन आदेशका सम्वन्धमा सर्वोच्चमा सुनवाइ भइरहेको छ ।