अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुडामणि शर्मालाई अख्तियारले बयानका लागि बोलायो

चुडामणि शर्मालाई अख्तियारले बयानका लागि बोलायो


काठमाडौं- राजश्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई अख्तियारले बयानमा बोलाएको छ ।

अख्तियारले बुधबार सूचना जारी गरी शर्मालाई सात दिनभित्र उपस्थित हुन भनेको हो ।

‘उपस्थित हुन नआएमा कानुन बमोजिम भइजाने व्यहोरा जानकारी गराइन्छ,’ अख्तयारको सूचनामा भनिएको छ ।

शर्मामाथि विभागमा रहँदा कर फर्छ्यौटका लागि सम्झौता भएका विभिन्न करदाताहरूसँग गैरकानुनी तरिकाले छुट दिई भ्रष्टाचार गरेको आरोप छ ।

शर्माविरुद्ध यसअघि अख्तियारले १० अर्बको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।