अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालगञ्जमा निषेधाज्ञा जारी

नेपालगञ्जमा निषेधाज्ञा जारी


काठमाडौं- बढ्दो कोभिड-१९ महामारीलाई ध्यानमा राखेर बाँकेको नेपालगञ्जमा निषेधाज्ञा जारी गरिएको छ ।

संक्रमितको संख्या बढ्दै गएपछि बुधबार राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गर्नुभएको निषेधाज्ञा वैशाख १५ गते राति १२ बजेसम्मलाई लागू हुने जनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द गरिएको उल्लेख छ ।

अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई बाहिर निस्कनसमेत रोक लगाइएको छ । बजार, यातायात, शिक्षण संस्था तथा सबै खालका सार्वजनिक कार्यक्रमसमेत बन्द गरिएको छ ।

बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित सात सय ३५ पुगेको छ ।