अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी स्थायी समिति बैठक : समर्थन फिर्ताको निर्णय गर्ने जिम्मा प्रचण्डलाई

माओवादी स्थायी समिति बैठक : समर्थन फिर्ताको निर्णय गर्ने जिम्मा प्रचण्डलाई


काठमाडौं- नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले अध्यक्ष प्रचण्डले सरकारलाई दिँदै आएको समर्थन कुनै पनि बेला फिर्ता गर्न सक्ने बताउनुभयो ।