अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सिध्याउन खोज्नेलाई कारबाही गर्नैपर्छ : गंगा चौधरी

एमाले सिध्याउन खोज्नेलाई कारबाही गर्नैपर्छ : गंगा चौधरी


काठमाडौं- नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले पार्टीभित्र बसेर पार्टीलाई नै सिध्याउन खोज्नेहरूलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी संसदीय दलले माधव गुटका २७ सांसद्लाई स्पष्टिकरण सोधेको प्रशंगमा उहाँले त्यस्तो बताउनुभएको हो । गुटगत राजनीतिको अन्त्य गर्न पार्टीका केही नेतालाई कारबाही गर्नुपर्ने देखिएको भन्दै सांसद चौधरीले पार्टी जोगाउनुपर्ने बताउनुभयो ।

संसदीय दलका नेता केपी शर्मा ओलीले फुटको राजनीति गर्नेलाई अंकुश लगाउन खोज्नु राम्रो पक्ष भएको उहाँले बताउनुभयो । ‘गलत काम गर्नेलाई सही बाटोमा आउ भन्नु राम्रो कुरा हो, फुटको राजनीति गर्न खोज्नेलाई अंकुशी लगाएर मूल पार्टीमा फर्काउनुलाई फुटको राजनीति भन्न मिल्दैनँ, अध्यक्षमाथि यस्तो आरोप लगाउनु गलत हो,’ सांसद चौधरीले भन्नुभयो ।

उहाँले पार्टी हित विपरित काम गर्ने, सामान्तर गतिविधि गर्ने र एमाले सिध्याउछु भन्नेहरूलाई कारबाही हुनैपर्ने  बताउनुभयो ।

‘पार्टीविरुद्ध लाग्नेलाई कारबाही गर्नु विधि र पद्धतिको पालना गर्नु हो, समानान्तर गतिविधि गर्नु गलत हो, आफ्नै पार्टीको सरकारविरुद्ध जानु अझ गलत हो, गल्ती गर्नेलाई सजाय दिनुपर्ने पार्टीको विधि छ पद्धति छ त्यो अनुसार कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो ।

तपाईं त माधव गुटको पक्षमा होइन र भन्ने प्रश्नमा सांसद चौधरीले भन्नुभयो , ‘मैले संस्थापन विस्थापन कुनै पनि पक्षबाट राजनीति गरेको थिइनँ र गर्दिनँ, कसले भन्यो मलाई माधव गुटको नेता भनेर ? म एमालेको नेता हुँ ।’

मंगलबार माधव गुटले गरेको भेलामा तपाईं पनि जानुभएको भन्ने हल्ला थियो त ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘म अर्याल होटलमा माधव गुटले गरेको कुनै पनि बैठमा गएकी छैन, त्यहाँ सिसिक्यामेरा होला गएर हेर्न सक्नुहुन्छ, म दलको बैठकमा बालुवाटार गएकी छु, गुटको बैठकमा कतै गएकी छैन ।’

गुटगत राजनीतिको अन्त्य गर्दै एमालेलाई सुदृढ बनाएर लैजानुपर्ने भन्दै उहाँले गुट बनाउन खोज्नेलाई पार्टीले कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

एमालेले माधव गुटका २७ प्रतिनिधि सभा र ५ जना प्रदेश सभा सदस्यलाई पार्टी हितविपरित काम गरेको भन्दै स्पष्टिकरण सोधेको छ ।

जसमा माधव गुटमा रहेका ३५ मध्ये ८ जना सांसदको नाम भने छैन । जसमा चौधरीसहित गोकर्ण विष्ट, राजबहादुर बुढा, ध्रुव शाही, पार्वतीकुमारी विसुङखे, कलिला खातुन, समिना हुसेन र विना बुढाथोकी हुनुहुन्छ ।