काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटावार्ता सुरू भएको छ ।
उहाँहरूबीच २० मिनेट अघिदेखि नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता सुरू भएको हो ।
भेटवार्तामा पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल भइरहेको बुझिएको छ ।
गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उहाँहरूबीच संवाद हुन सकेको थिएन ।
यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया