अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा आइसब्रेकः अध्यक्ष ओली र नेता नेपालबीचको भेट सकियो, मेरियट होटलमा दुई घण्टा वार्ता

एमालेमा आइसब्रेकः अध्यक्ष ओली र नेता नेपालबीचको भेट सकियो, मेरियट होटलमा दुई घण्टा वार्ता


काठमाडौं- चार महिनादेखिको संवादहीनता तोड्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेट भएको छ । दुई नेताबीच नागपोखरीस्थित होटल मेरियटमा झण्डै दुई घण्टा वार्ता भएको हो ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि दुई नेताबीच भेट भएको थिएन । विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापनादेखि एकीकृत नेकपा भंग हुँदै एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि अध्यक्ष ओली र नेता नेपालबीच सम्बन्ध सुमधुर हुन सकेको थिएन ।

नेपालसहित उहाँको समूहका २७ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधेपछि एमालेको दुवै पक्षमाथि मिल्न दबाब परेको थियो ।

दुई नेताबीच भेट तय भएपछि साँझ नेता नेपाल मेरियट पुग्नुभएको थियो । त्यसको सात मिनेटपछि प्रधानमन्त्री पनि पुग्नुभयो । सुरुवाती भेटमा अर्थमन्त्री विष्णु पौडेल पनि सँगै हुनुहुन्थ्यो । अर्कै कार्यक्रमका लागि मेरियटमा रहनुभएका पौडेल भेट सुरु भएलगत्तै बाहिरिनुभयो ।

साँझ करिब ६ बजेदेखि दुई शीर्ष नेताबीच मेरियट होटलको कोठा नम्बर ९०१ मा भेट भएको हो । भेटमा पार्टी विवाद निरुपण गर्दै नयाँ समझदारी निर्माण गर्नेबारे छलफल भएको बताइएको छ ।

दुई नेताबीच भेट तय भएपछि साँझ नेता नेपाल मेरियट पुग्नुभएको थियो । त्यसको सात मिनेटपछि प्रधानमन्त्री पनि पुग्नुभयो । सुरुवाती भेटमा अर्थमन्त्री विष्णु पौडेल पनि सँगै हुनुहुन्थ्यो । अर्कै कार्यक्रमका लागि मेरियटमा रहनुभएका पौडेल भेट सुरु भएलगत्तै बाहिरिनुभयो ।

दुवै नेताबीच भेट भएको केही मिनेटसम्म बोलचाल सुरु भएन । केहीबेरमा प्रधानमन्त्री आफैंले माधव नेपालतिर हेर्दै ‘कस्तो छ तपाईंलाई’ भनेर संवाद सुरु गर्नुभएको थियो ।

तत्कालिन नेकपा रहँदा पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाएको घोषणा गरेपछि दुई नेताबीच तित्तता बढेको थियो । पछि सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग अलग दलकोरुपमा पुनर्स्थापना गरिदिएपछि पनि अध्यक्ष ओली र नेपालबीच सम्बन्ध सुमधुर रहेन ।

नेपालको समानान्तर गतिविधि र अध्यक्ष ओलीको स्पष्टीकरणपछि एमाले दुई टुक्रा हुने आशंका बढिरहेकाबेला भएको शीर्ष वार्तालाई चासोका साथ हेरिएको छ ।