अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपाका तीन नेता एमाले प्रवेश, प्रधानमन्त्रीद्वारा स्वागत

राप्रपाका तीन नेता एमाले प्रवेश, प्रधानमन्त्रीद्वारा स्वागत


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन नेताहरू नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

एमाले प्रवेश गर्नेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं रूपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता एवं केन्द्रीय सदस्य नारायण आचार्य तथा रूपन्देहीकै अर्का नेता एवं केन्द्रीय सदस्य नवीन पौडेल हुनुहुन्छ ।

तीन जना नेताहरूलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री मणिराज थापाले पार्टीमा स्वागत गर्नु भएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले तीन जना नेताले नेकपा एमालेको सांगठनिक जीवनमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।