अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा एमालेको नयाँ कार्यालय भवन शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा एमालेको नयाँ कार्यालय भवन शिलान्यास


काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बल्खुमा पार्टी केन्द्रीय कार्यालय शिलान्यास गर्नुभएको छ ।

। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा बिहीबार बिहान बल्खुमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ भवन शिलान्यास गर्नुभएको हो ।

शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरुलगायतको उपस्थिति रहेको थियो ।

८ रोपनी जग्गामा निर्माण हुने भवन अत्याधुनिक हुने पार्टीका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । दुई वर्षभित्र कार्यालय भवन निर्माण सम्पन्न गरिने एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

२०५१ सालमा बनाइएको चार तलाको भवन २०७२ सालको भूकम्पले भत्काएपछि पार्टी कार्यालय भाडामा राखिएको छ । महिना दिन अघिसम्म धुम्बाराही स्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा राखिएको कार्यलय हाल थापाथलीमा सारिएको छ ।

नयाँ कार्यालयमा आजबाट कार्यसञ्चालन

प्रधानमन्त्रीले थापाथली कार्यालयमा आजबाट कार्यभार सञ्चालन गर्नुहुने भएको छ । बिहान ११ बजे कार्यलय प्रवेश गरेर नेता कार्यकर्तालाई प्रधानमन्त्रीले निर्देशन दिने कार्यक्रम छ । ‘कार्यलय सचिवको हैसियतले मैले केन्द्रीय कार्यलयमा प्रधानमन्त्रीज्यूलाई स्वागत गर्छु,’ कार्यलय सचिव रिजालले नेपाली बहस डटकमसँग भन्नुभयो ‘त्यसपछि उहाँले आफ्नो कार्यकक्षबाट नेता कार्यकर्तालाई निर्देशन दिनुहुन्छ । ’