अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यालय आजदेखि थापाथलीबाट

एमाले कार्यालय आजदेखि थापाथलीबाट


काठमाडौं– नेकपा एमालेको केन्द्रीय कार्यालय आजदेखि थापाथलीबाट सुरु भएको छ ।

धुम्बाराहीबाट सञ्चालन हुँदै आएको पार्टी कार्यालय आजदेखि थापाथली सरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले थापाथली कार्यालयमा आजबाट कार्यभार सञ्चालन गर्नुभएको छ ।

२०५१ सालमा बनाइएको चार तलाको भवन २०७२ सालको भूकम्पले भत्काएपछि पार्टी कार्यालय धुम्बाराही सरेको थियो । धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा राखिएको कार्यालय थापाथली सारिएको हो ।

एमालेले दुई वर्षभित्रै बल्खुबाट पार्टी कार्यालय सञ्चालन गर्ने गरी निर्माण सम्पन्न गर्ने जनाएको छ । नयाँ पार्टी कार्यालयको उदघाटन अध्यक्ष ओलीले बिहीबार बिहान नै गर्नुभएको थियो ।