अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेस्तोलसहित पर्साबाट एक युवक पक्राउ

पेस्तोलसहित पर्साबाट एक युवक पक्राउ


वीरगञ्ज- पेस्तोलसहित पर्साबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मनहरी-५ का २५ वर्षीय राजु रानामगर रहेका छन् ।

उनलाई प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो ।

भारतबाट रक्सौलबाट हिँड्दै वीरगञ्ज आउँदै गरेका उनलाई जाँच गर्दा रानामगरको कम्मरबाट सुन्मिका लेखिएको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।