अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र नेपालबीच दोस्रो दिनको वार्ता सुरू

प्रधानमन्त्री ओली र नेपालबीच दोस्रो दिनको वार्ता सुरू


काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो दिनको वार्ता सुरू भएको छ ।

उहाँहरूबीच आज पनि होटल मेरियटमा वार्ता सुरू भएको प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार मोती दुगडले जानकारी दिनुभयो । बुधबार पनि मेरियटको कोठा नम्बर ९०१ मा भेट भएको थियो ।

आज पनि त्यहिँ दोस्रो चरणको भेटवार्ता भइरहेको छ । चार महिनादेखिको संवादहीनता तोड्दै दुई शीर्ष नेता वार्तामा बस्नुभएको थियो ।

बुधबार साँझ पनि अध्यक्ष ओली र नेता नेपालबीच दुई घण्टा भेटवार्ता भएको थियो ।