अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरियटको झ्यालबाट धरहराको अवलोकन गर्दै प्रधानमन्त्री र नेता नेपाल

मेरियटको झ्यालबाट धरहराको अवलोकन गर्दै प्रधानमन्त्री र नेता नेपाल


काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता जारी छ ।

उहाँहरूबीच आज पनि होटल मेरियटमा वार्ता भइरहेको हो । भेटका क्रममा प्रधानमन्त्री ओली र नेता नेपालले झ्यालबाटै नवनिर्मित गरिएको धरहरा अवलोकन गर्नु भएको छ ।

अध्यक्ष ओली र नेता नेपालको तस्बिर राख्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै ।’

बुधबार पनि मेरियटको कोठा नम्बर ९०१ मा भेट भएको थियो ।

आज पनि त्यहिँ दोस्रो चरणको भेटवार्ता भइरहेको छ । चार महिनादेखिको संवादहीनता तोड्दै दुई शीर्ष नेता वार्तामा बस्नुभएको थियो ।

बुधबार साँझ पनि अध्यक्ष ओली र नेता नेपालबीच दुई घण्टा भेटवार्ता भएको थियो ।