अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले वार्ता अपडेटः ‘डाइलग इज बेटर देन यस्टर्डे’

एमाले वार्ता अपडेटः ‘डाइलग इज बेटर देन यस्टर्डे’


काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज दोस्रो दिनको वार्ता सकारात्मक गतिमा चलिरहेको छ ।

अध्यक्ष ओली र नेपालबीच आज दुई बजेदेखि होटल मेरियटको ९०१ नम्बर कोठामा नै छलफल भइरहेको छ । छलफलमा दुई जना नेतामात्रै बस्नुभएको छ । भेटबारे नेपाली बहस डटकमले राखेको जिज्ञासामा निकटस्थ स्रोतले भन्यो, ‘डाइलग इज बेटर देन यस्टर्डे ।’

बुधबार दुई घण्टा वार्ता गरेर उहाँहरू साँझ उठ्नुभएको थियो ।

अध्यक्ष ओली र नेता नेपालबीच कुराकानी सुरुवातीमा हिजो देखिएको असहजता आज छैन । स्रोतले भन्यो, ‘माधव कमरेडको अनुहार हिजोभन्दा धेरै उज्यालो छ ।’

वार्तामा बस्नुअघि दुवै नेताले मेरियटबाटै दुई दिनपछि उदघाटन हुन लागेको धरहरा नियाल्नुभएको थियो ।

नेता नेपालले आफूनिकट नेताहरूलाई ब्रिफिङ गरेअनुसार हिजोको भेट मन माझामाझमै व्यतित भएको थियो । दुवैपक्षले गरेका कमीकमजोरी कोट्याएरै पूरै समय बितेको थियो । तर, आज भने आगामी एकता रणनीतिबारे छलफल भइरहेको छ ।

नेपाल समूहले आफूहरूबिना फागुन २८ गते भएको निर्णय सच्याउँदै २०७५ जेठ २ गते अगाडि फर्कनुपर्ने अडान यथावत राखेको छ ।