अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले सोधेको स्पष्टिकरणमा यस्तो छ माधव नेपालको जवाफ

प्रधानमन्त्रीले सोधेको स्पष्टिकरणमा यस्तो छ माधव नेपालको जवाफ


काठमाडौं- नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले पुरानै कुरा समेटेर पार्टीलाई स्पष्टिकरण बुझाउनु भएको छ ।

बिहीबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाउनुभएको जवाफमा माधवले यसअघि दिएकै स्पष्टिकरण दोहोर्‍याउनु भएको छ । आफूहरूले नभइ अध्यक्ष ओलीले नै गुटगत राजनीति गर्नु भएको गम्भीर आरोप माधवले लगाउनु भएको छ ।

आफूहरूले नयाँ दल खोल्न लागेको भन्ने आरोप झुठो भएको उल्लेख गर्दै माधवले स्पष्टिकरणको जवाफी पत्रमा लेख्नुभएको छ, ‘नयाँ राजनीति दल खोलेको, खोल्न लगाएको, चलाएको वा चलाउन लगाएको छैन, त्यसका लागि कुनै आधार तयार गरेको पनि छैन ।’ कर्णाली घटनामा आफूलाई मुछेकोमा असन्तुष्टि जनाउँदै उहाँले लेख्नुभएको छ, ‘कर्णालीमा मेरो निर्देशन देख्नु तपाईंको गुटगत दृष्टिको परिणाम हो ।’

पार्टी विधानको कुनै पनि धाराको व्यवस्थाविपरीत कुनै काम आफूबाट नभएको पनि माधवको दाबी छ । पार्टीको सिद्धान्त, नीति र कार्यक्रम तथा विधानको व्यवस्थाको प्रतिरक्षाका लागि आफूले काम गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

माधव गुटका २७ प्रतिनिधि सभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेश सभा सदस्यलााई ६ वैशाखमा एमालेले स्पष्टिकरण सोधेको थियो । माधव नेपाल, भीम रावल सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई एमालेले अन्तिम स्पष्टिकरण सोधेको हो ।

चित्तबुझ्दो जवाफ दिए र गुटगत गतिविधि त्यागे पार्टीमा ठाउँ दिइने नत्र सधैका लागि निष्कासन गर्न सकिने चेतावनीसहित चार नेतालाई एमालले अन्तिम स्पष्टिकरण सोधेको हो । पार्टी हित विपरित काम गरेको भन्दै उहाँहरू चारै जनालाई एमालेले ६ महिनाका लागि पार्टीबाट निष्कासन गरिसकेको छ ।

सुरेन्द्र पाण्डेले पठाउनुभयो प्रधानमन्त्रीले सोधेको स्पष्टिकरणको जवाफ