अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री र नेता नेपालबीचको वार्ता सकियो

प्रधानमन्त्री र नेता नेपालबीचको वार्ता सकियो


काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो दिनको वार्ता सकिएको छ ।

नागपोखरीस्थित होटल मेरियटमा भएको दोस्रो दिनको वार्ता केही समयअघि सकिएको हो ।

आजको भेटमा पनि पार्टीभित्र देखिएको विवादलगायतका विषयमा छलफल भएको बुझिएको छ ।

बुधबार पनि उहाँहरूबीच मेरियटको कोठा नम्बर ९०१ मा भेट भएको थियो । चार महिनादेखिको संवादहीनता तोड्दै दुई शीर्ष नेता वार्तामा बस्नुभएको थियो ।