अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीसँगको वार्तापछि यस्तो छ नेता नेपालको प्रतिक्रिया

प्रधानमन्त्रीसँगको वार्तापछि यस्तो छ नेता नेपालको प्रतिक्रिया


काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता बिनानिश्कर्ष सकिएको छ ।

वार्ता सकेर मेरियट होटलबाट बाहिरिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता नेपालले हिजो आफू अलि आशावादी भए पनि आज तिक्ततापूर्ण कुरा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै प्रगति भएन । हाम्रो तिक्ततापूर्ण सम्बन्ध कायमै छ। म हिजो थोरै आशावादी थिएँ तर आज तिक्ततापूर्ण कुराकानी भयो ।’

आजको वार्तामा पनि नेता नेपालले अध्यक्ष ओलीसँग २०७७ फागुन २८ गते गरेका निर्णय फिर्ता गर्दै पार्टीलाई २०७५ जेठ ३ अघिको अवस्थामा लैजानु पर्ने बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले भने नेता नेपालको मागमा सहमति जनाउनु भएन ।