अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


भक्तपुर- काठमाडौंंको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका-२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सानो ठिमी प्रहरी प्रभाग अगाडि भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएकामा मोटरसाइकल पछाडि सवार कैलाली चटकपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक दाङ लालमठिया-५ बस्ने २४ वर्षीय उमेश चौधरीको न्युरो अस्पताल बाँसबारी काठमाडौंं उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

दुर्घटनाग्रस्त टिपर र सोका चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-३ घर भई हाल सानो ठिमी बस्ने ३१ वर्षीय राजन नेपालीलाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान शुरु गरेको बताइएको छ ।