अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओली सरकारको विकल्प नखाेज्ने जसपा बैठकको निष्कर्ष

ओली सरकारको विकल्प नखाेज्ने जसपा बैठकको निष्कर्ष


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले वर्तमान सरकारको विकल्प नखोज्ने बताएको छ । बिहीबार बसेको जसपाको अनौपचारिक बैठकले सो निष्कर्ष निकालेको हो ।

जसपा अध्यक्ष महन्थ ठाकुरले बिहीबार पार्टीका नेताहरूसँग भएको अनौपचारिक छलफलमा ओली नेतृत्वको सरकारको विकल्प नभएकाले सोहीअनुसार अगाडि बढ्न आग्रह गर्नुभयो ।

सरकारसँग भइरहेको वार्ता र आफूहरूका माग कार्यान्वयनका लागि अहिलेसम्म भएको कार्यप्रगतिबारे ठाकुरले पार्टीका नेताहरूसँग ब्रिफिङ गर्नुभएको लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

‘सरकारसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढिरहेको छ, सरकारले हाम्रा माग ढिलोचाँडो सम्बोधन गर्छ, त्यसकारण ओलीको विकल्प खोज्नुहुँदैन,’ महन्थको भनाइ उदृद गर्दै कर्णले भन्नुभयो ।

लुम्बिनी प्रदेश सरकारमा सहभागि भएका जसपाका सांसदबारे के भन्नुहुन्छ भन्ने प्रश्नमा कर्णले भन्नुभयो, ‘जसपा प्रदेशले उहाँहरूलाई बधाई दिइसकेको छ, उहाँहरूलाई कारबाही हुन्छ भनेर भ्रम फैलाइएको छ, त्यस्तो केही हुँदैन ।’

उहाँका अनुसार जसपाले लुम्बिनी सरकारमा सहभागी भएका आफ्ना चार सांसदलाई कारबाही गर्ने निर्णय गरेको छैन । ‘कसैले कारबाही गर्छु भनेर हुन्छ ? पार्टीको निर्णय अन्तिम हुन्छ नि,’ कर्णले भन्नुभयो ।

जसपा फुट्न लागेको हो ? भन्ने प्रश्नमा कर्णले कडा जवाफ दिँदै उहाँले भन्नुभयो, ‘मिडियाले त धेरैपटक जसपा फुटाइदिइसके, पार्टीको निर्देशन मान्नुपर्छ भनेर निर्णय भएपनि मिडियाले त पार्टी फुट्छ भनेर झुठो समाचार दिन्छन् ।’

आज भएको अनौपचारिक छलफलमा पूर्व राजपाका नेताहरू सहभागी हुनुहुन्थ्यो । उपेन्द्र यादव पक्षका नेता भने सहभागी नभएको कर्णले बताउनुभयो ।