अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बादलको स्थानमा उपचुनाव जेठ ६ गते

बादलको स्थानमा उपचुनाव जेठ ६ गते


काठमाडौं, गृहमन्त्री रामबहादुर थापा बादलले माओवादी केन्द्र त्यागेपछि रिक्त भएको स्थानमा राष्ट्रिय सभा सदस्यका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ ।

बागमती प्रदेश अन्य समूह तर्पmबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित बादलको रिक्त पदमा पूर्तिको लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ बमोजिम वैशाख ५ गतेको सरकारको निर्णय अनुसार राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मिति घोषणा भएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गरिने कानूनी व्यवस्था बमोजिम नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो ।

नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि संवत् २०७८ साल बैशाख १० गतेदेखि १४ गतेसम्म कार्यालय समयभित्र यस आयोगमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन सूचना गरिएको छ ।

निर्वाचन आयोगले घोषणा अनुसार आजदेखि उपनिर्वाचन तयारी सम्बन्धी काम सुरु गरेको छ ।