अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री भेट्न वामदेव बालुवाटारमा

प्रधानमन्त्री भेट्न वामदेव बालुवाटारमा


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका उपाधक्ष्य वामदेव गौतमबीच आज साँझ बालुवाटारमा भेटघाट भएको छ ।

केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा गौतम प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नु भएको हो । उहाँहरूले बालुवाटारमा सँगै खाना खाएको तस्बिर प्रमुख सचेतक विशाल भट्टराईले सार्वजनिक गर्नुभएको छ ।

 

 

भेटमा सचेतक भट्टराई, कानुनमन्त्री लिलानाथ श्रेष्ठ पनि हुनुहुन्छ । भट्टराईका अनुसार प्रधानमन्त्री र गौतमले एक्लाएक्लै लामो छलफल गर्नुभएको छ ।

पार्टी विवादका विषयमा भने उहाँले कुनै प्रतिक्रिया नदिनुभएको भट्टराईले बताउनुभयो । बरू प्रधानमन्त्री ओली र आफ्नो सम्बन्ध अथ्र्याउनतिर लाग्नुभयो ।

भट्टराईले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘केपी ओली देशको प्रधानमन्त्री हो । नेकपा (एमाले) को अध्यक्ष हो तर, उहाँसँग मेरो सम्बन्ध पदका कारणले बनेको होइन । जमाना देखिको हो अटुट रहिरनेछ ।’