अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीको बैठक आज ११ बजे

एमाले केन्द्रीय कमिटीको बैठक आज ११ बजे


 

काठमाडौं,
नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक आज बालुवाटारमा बस्दैछ ।
विहान ११ बजे आयोजना गरिएको बैठकले माधव नेपाल समुहका ३२ जना साँसदलाई स्पष्टिकरणलाई विष्लेष्ण गर्ने र निर्णय लिने जनाइएको छ । ‘तपाईंलाई साँसद पदबाट किन नहटाउने भनेर सोधिएको स्पष्टिरकणको जवाफ आइसकेकोले त्यसलाई पार्टीले अब के निर्णय गर्ने भनेर आजको बैठकले निधो गर्नेछ’ पार्टीका एक पदाधिकारीले भन्नुभयो ‘सामुहिक कारबाही गर्दा पनि डिजास्टरै होला भन्ने डर छ ,नगर्दा पनि पार्टीमा अराजकता मौलाउला भन्ने डर छ ।’
चितबुझ्दो स्पष्टिकरण नभएमा पार्टीका जिम्मेवारी र साँसद पदबाट हटाउने तयारी रहेको एक नेताले जानकारी दिनुभयो । ‘बिहीबार रातीसम्मको छलफलमा कारबाहीको बिषय टुंगिएको छैन’ संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो ‘अहिले विहान नेताहरु बसेर यस बिषयमा सामुहिक धारणा बनाउनुहुनेछ । ’