अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रिजाल लेख्नुहुन्छ– ‘भीरको डिलमा पुगिसके पनि लडिसकेका छैनौं, समय छ- फर्कौं !’

रिजाल लेख्नुहुन्छ– ‘भीरको डिलमा पुगिसके पनि लडिसकेका छैनौं, समय छ- फर्कौं !’


काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले समय छँदै मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।

एमालेभित्र गम्भीर अन्तरद्वन्द्व भइरहेकाबेला रिजालले लेनिनको ‘एक कदम अगाडिस् दुई कदम पछाडि’ पुस्तक शेयर गर्दै फेसबुकमा लेख्नुभएको छ, ‘संसारका कुनै पनि कम्युनिस्ट पार्टी अन्तर्विरोधमुक्त छैनन् । रुस र चीन जस्ता विशाल मुलुकलाई मुक्त गर्ने कम्युनिस्ट पार्टीहरू पनि अन्तर्विरोधहरूबाटै गुज्रेर र तिनलाई समाधान गरेर आएका थिए । सन् १९०० को आरम्भतिर पार्टीमा उत्पन्न अन्तर्विरोध समाधानमा केन्द्रित रहेर लेनिनले अघि सारेको ‘एक कदम अगाडि: दुई कदम पछाडि’ (one step forward: two step back) को प्रस्थापना आजको नेकपा (एमाले) आन्तरिक जीवनमा उत्तिकै अपरिहार्य र सान्दर्भिक बनेको छ । समाज, विज्ञान वा भौतिक वस्तुहरुमा प्रकट हुने अन्तर्विरोधहरू संघर्षको माध्यमबाट समाधान हुने भए पनि पार्टीभित्रका अन्तर्विरोधमा ‘निषेधको निषेध’ (negation of negation) को नियम लागू हुँदैन र यसको समाधान आलोचना-आत्मालोचनाको पद्धतिबाट हुन्छ भन्ने बाटो मार्क्सवाद-लेनिनवादले स्पष्ट पारेको छ । अत: भीरको डिलमा पुगिसके पनि लडिसकेका छैनौं । समय छ- फर्कौं !’

रिजाल एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन थालिसक्नुभएको छ ।