अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माधव नेपाललाई प्रधानमन्त्रीले भन्नुभयो, ‘६ महिनाको कारबाही विचार गर्न सकिन्छ’

माधव नेपाललाई प्रधानमन्त्रीले भन्नुभयो, ‘६ महिनाको कारबाही विचार गर्न सकिन्छ’


काठमाडौं– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ माधवकुमार नेपालले समानान्तर गतिविधि त्यागेर सहमतिमा आए ६ महिनाको कारबाही विचार गर्न सकिने बताउनुभएको छ ।

नागपोखरीस्थित मेरियट होटलमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाललाई ६ महिनाको कारबाही विचार गर्न सकिने बताउनुभएको थियो । जनकपुर पुग्नुभएका नेता नेपालले प्रधानमन्त्री ओलीसँगको भेटबारे ब्रिफिङ गर्दै उक्त कुराको पुष्टि गर्नुभएको थियो ।

नेता नेपालले पहिलो दिनको भेट सौहार्दपूर्ण भए पनि दोस्रो दिनको भेटमा प्रधानमन्त्रीसँग दम्भ देखिएको बताउनुभएको थियो ।