अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन आयोजक कमिटी बैठक सुरु

एमाले महाधिवेशन आयोजक कमिटी बैठक सुरु


काठमाडौं– नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक बालुवाटारमा सुरु भएको छ । बिहान ११ बजे बोलाइएको बैठक केही ढिला सुरु भएको हो ।

महाधिवेशन तयारी, समानान्तर गतिविधि गर्ने नेता तथा सांसदहरुलाई लिने कारबाही रणनीति, संगठन परिचालनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

आजको बैठकमा पनि वरिष्ठ नेता माधवकुमार नेपालसहितका केही नेताहरु अनुपस्थित हुनुहुन्छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा सहभागी भए कारबाही फिर्ता लिने बताउनुभएको थियो । तर, नेपाल समूहले अध्यक्ष ओलीको प्रस्ताव स्वीकार गरेको छैन ।