अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थानीय तह परिचालन विभाग प्रमुखमा दाहाल

एमाले स्थानीय तह परिचालन विभाग प्रमुखमा दाहाल


काठमाडौं, नेकपा एमालेले स्थानीय तह परिचालन विभाग प्रमुखमा झापाका देवेन्द्र दाहाललाई जिम्मेवारी दिएको छ ।

बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी केन्द्रीय कमिटी सदस्य दाहाललाई विभागको प्रमुख तोकेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक निवासी दाहाल एमालेको राष्ट्रिय सभा सदस्य समेत हुनुहुन्छ ।

केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले फागुनमा स्थानीय तहको चुनाव हुने बताउनुभएको थियो ।