अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘प्रधानमन्त्री ओलीको अठोटकै कारण विकासको गतिले फड्को मारेको छ’

‘प्रधानमन्त्री ओलीको अठोटकै कारण विकासको गतिले फड्को मारेको छ’


काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आज एक ऐतिहासिक काम सम्पन्न भएको बताउनुभएको छ ।

पुनर्निर्मित धरहरा उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर शाक्यले मेहनत गर्दा नतिजा सुखद आउने रहेछ भन्ने गतिलो उदाहरण आज प्रस्तुत गर्न सकेको बताउनुभयो ।

उनले पुनर्निर्मित धरहराको उद्घाटन गर्दा २०७२ सालको कहाली लाग्दो दिनको याद आउने भन्दै त्यो दुखद घटनामा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्नुभयो ।

शुभकामना मन्तव्यका क्रममा केपी ओली नेतृत्वको सरकारको तारिफ गरेका उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको अठोटकै कारण आज देश विकासको गतिमा फड्को मारेको छ । यो आँट र शाहस देखाउने प्रधानमन्त्रीलाई धन्यवाद ।’