अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना संक्रमित पूर्वराजा दम्पती अस्पताल भर्ना

कोरोना संक्रमित पूर्वराजा दम्पती अस्पताल भर्ना


काठमाडौं- कोरोना संक्रमण पुष्टि भएपछि घरमै आईसोलेसनमा बस्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाह अस्पताल भर्ना हुनु भएको छ ।

पूर्वराजदम्पतीसहित छोरी प्रेरणा शाह शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनु भएको पूर्वराजाका सहयोगी फणि पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वजा दम्पती चिकित्सकको सल्लाहमा अस्पताल भर्ना हुनु भएको हो ।

भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर पूर्वराजा शाह वैशाख ५ गते स्वदेश फर्किनु भएको थियो ।

स्वदेश फर्किएलगत्तै परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको थियो ।