अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेदरल्याण्ड्सलाई हराउँदै नेपालले जित्यो त्रिकोणात्मक सिरिज

नेदरल्याण्ड्सलाई हराउँदै नेपालले जित्यो त्रिकोणात्मक सिरिज


काठमाडौं- घरेलु मैदानमा भएको नेदरल्याण्ड्स र मलेसियासँगको त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेपालले जितेको छ ।

घरेलु मैदानमा नेपालले जितेको यो पहिलो टी-२० सिरिज हो ।

सिरिजको फाइनलमा खेलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ४२ रनले पराजित गर्न सफल भयो । टी-२० मा नेपालले नेदरल्याण्ड्सलाई यति फराकिलो रनअन्तरले हराएको पहिलो पटक हो ।

फाइनलमा नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

उसका लागि सेबस्टियान ब्राटले २५, म्याक्स ओदाउदले २० र कप्तान पीटर सिलारले १३ रन बनाउनुभयो । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सक्नु भएन ।

बलिङमा करण केसीले तीन, सन्दीप लामिछाने, कमलसिंह ऐरीले दुई/दुई र अविनाश बोहराले एक विकेट लिनुभयो ।

त्यसअघि, त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३९ रन बनायो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कुनै पनि टिमविरुद्ध बनाएको यो सर्वाधिक ठूलो स्कोर हो । यसअघि यो प्रारूपमा नेपालले भुटानलाई सर्वाधिक ठूलो २३७ रनको लक्ष्य दिएको थियो ।

साथै, नेपालले यही सिरिजमा लगातार तीन म्याचमा दुई सयभन्दा बढीको लक्ष्य दियो ।

नेपाल क्रिकेट इतिहासमा नेपालले लगातार तीन म्याचमा दुई सयभन्दा बढी रनको लक्ष्य दिएको पनि पहिलो पटक हो ।

फाइनलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेद्यनुभयो । उहाँले ५३ बलमा आठ चौका र तीन छक्कासहित ७७ रन बनाउनुभयो ।

जारी सिरिजमा कुशलको यो चौथो अर्धशतक हो । योसँगै उहाँले डेब्यू सिरिजमै चार अर्धशतक बनाउने ब्याट्सम्यानको कीर्तिमानसमेत बनाउनुभएको छ ।

त्यस्तै, कुशल मल्लले २४ बलमा दुई चौका र पाँच छक्कासहित अविजित ५० रनको योगदान दिनुभयो ।

कप्तान ज्ञानेन्द्र मल्ल ३३, आशिफ शेखले १६ रन बनाउँदा उपकप्तान दीपेन्द्रसिंह ऐरी ४८ रनमा अविजित रहनुभयो ।

बलिङमा फिलिप बोइसेभ्यानले दुई र सेबस्टियान ब्राटले एक विकेट लिनुभयो ।