अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु


बाँके- नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक सङ्क्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ५५ वर्षीया महिलाको भेरी अस्पतालमा रहेको कोभिड आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते पिसिआर परीक्षण गर्दा उहाँमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । वैशाख ६ गतेदेखि उहाँलाई भेरी अस्पतालको आइसोलेशनमा भर्ना गरेर उपचार शुरु गरिएको थियो । यससँगै कोभिड सङ्क्रमणका कारण बाँके जिल्लामा ज्यान गुमाउने कूल सङ्ख्या ७७ पुगेको छ ।