अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाबाट कञ्चनपुरमा ४० वर्षीय युवकको मृत्यु

कोरोनाबाट कञ्चनपुरमा ४० वर्षीय युवकको मृत्यु


कञ्चनपुर- कोरोना भाइरस सङ्क्रमणबाट कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकको मृत्यु भएको छ ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा भर्ना भएका भीमदत्त नगरपालिका–१८ भगतपुरका ४० वर्षीय युवकको शनिबार मृत्यु भएको अस्पताल कोभिड–१९ का सम्र्पक व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिनुभयो । तीन दिनअघि भारतबाट घर फर्किएका ती युवकको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

‘तीन दिनअघि एन्टिजेन पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि यहाँ भर्ना गरिएको थियो,’ डा रोकायाले भन्नुभयो, ‘मृतकको शव व्यवस्थापनका लागि सेनाको टोली आउँदैछ ।’ अस्पतालका अनुसार मृतकका श्रीमतीमा समेत कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या यहाँ वृद्धि हुँदै गएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले कोरोना लक्षणसहितका बिरामी बढ्न थालेपछि यहाँ आइसीयू शय्या बढाइएको छ । ‘पहिले छ शय्याको आइसीयू थियो, अहिले चौध शय्या पु¥याइएको छ,’ उहाँले भन्नुभयो, ‘अन्य व्यवस्थापनको काम पनि हुँदैछ ।’