अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्दिकीको निधन

कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्दिकीको निधन


बाँके- कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ । उहाँको आज भेरी अस्पताल नेपालगञ्जमा निधन भएको हो ।

नेपालगञ्ज-३ निवासी ६५ वर्षीय सिद्दिकीको बेलुकी साढे सात बजे उपचारका क्रममा निधन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिनुभयो । सिद्दिकीलाई चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएदेखिनै अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो ।

सिद्दिकीलाई मधुमेहको समस्या रहेको डा. थापाले जानकारी दिनुभयो । २०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभकी सिद्दिकी संविधान सभामा समानुपातिकतर्फ नेपाली कांग्रेसबाट सभाषद् बन्नुभएको थियो । सिद्दिकीका दुई छोरा र एक छोरीकी हुनुहुन्छ ।