अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने सूचनापछि एमाले केन्द्रीय कमिटीको बैठक

सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने सूचनापछि एमाले केन्द्रीय कमिटीको बैठक


काठमाडौं– सरकारविरुद्ध कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताव ल्याउने सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाउनु भएको छ ।

राति ११ बजेतिर सबै केन्द्रीय सदस्यहरुलाई एसएमएसमार्फत बैठकको सूचना पठाइएको हो । तर बैठकका एजेण्डका बारेमा केही खुलाइएको छैन ।

एकजना प्रभावशाली केन्द्रीय सदस्यका अनुसार सरकारविरुद्ध कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताव हाल्ने अन्तिम तयारी गरेको सूचना पाएपछि प्रधानमन्त्री ओलीले राति नै बैठक बोलाउन निर्देशन दिनुभएको हो । ‘कांग्रेस र माओवादी मिलेर सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने त्यसमा हाम्रा केही सांसद र उपेन्द्र यादवहरुले फ्लोर क्रस गरेर सरकार ढाल्ने सूचना पाएपछि त्यसको सामना गर्ने रणनीति बनाउन बैठक बोलाइएको हो,’ ती केन्द्रीय सदस्यले नेपाली बहस डटकमलाई भन्नुुभयो ।

यो पनि हेर्नुहोस्-

एमाले डाक्यो केन्द्रीय कमिटीको आकस्मिक बैठक