अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना नियन्त्रणमा सक्रिय हुन एमालेका सम्पूर्ण कार्यकर्तालाई आह्‍वान

कोरोना नियन्त्रणमा सक्रिय हुन एमालेका सम्पूर्ण कार्यकर्तालाई आह्‍वान


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका सम्पूर्ण कार्यकर्तालाई कोरोना नियन्त्रणका लागि सक्रिय रुपमा लाग्न  आह्‍वान गरेको छ ।

वैशाख १० गते बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले सबै प्रदेश, स्थानीय जनसंगठन, जनप्रतिनिधि र कार्यकर्ताहरुलाई स्वयमसेवी भूमिकामा महामारी विरुद्धको लडाइँमा सरिक हुन आह्‍वान गरेको हो ।

‘नेता, कार्यकर्ताहरुलाई स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाइन निर्माण, विदेशबाट फर्किएका तथा संक्रमणको आशंका भएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न, स्वास्थ्य मापदण्डको पालना गर्न गराउन,’ बैठकको निर्णयमा भनिएको छ, ‘यसको अनुगमन गर्न तथा संक्रमितहरुलाई आवश्यक सहयोग पु¥याउन सक्रिय रुपले लाग्न निर्देशित गर्दछ ।’