अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले डाक्यो केन्द्रीय कमिटीको आकस्मिक बैठक

एमाले डाक्यो केन्द्रीय कमिटीको आकस्मिक बैठक


काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटीको आकस्मिक बैठक डाकेको छ ।

आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकका एजेण्डका बारेमा केही खुलाइएको छैन । तर एकजना प्रभावशादी केन्द्रीय सदस्यका अनुसार सरकार विरुद्ध कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताव हाल्ने अन्तिम तयारी गरेको सूचना पाएपछि राती प्रधानमन्त्री ओलीले राति नै बैठक बोलाउन निर्देशन दिनुभएको हो । ‘कांग्रेस र माअ‍ोवादी मिलेर सरकार विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने त्यसमा हाम्रा केही र उपेन्द्र यादवहरुले फ्लोर क्रस गरेर सरकार ढाल्ने सुचना पाएपछि त्यसको सामना गर्ने रणनीति बनाउन बैठक बोलाइएको हो,’ ती केन्द्रीय सदस्यले नेपाली बहस डटकमलाई भन्नुुभयो ।

पार्टी हित विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधिएका संघीय संसदका २७ जना सदस्यका बिषयमा आजको बैठकले निर्णय गर्ने अनुमान गरिएको छ । प्रधानमन्त्री ओलीले अस्ती १० गतेको बैठकमा स्पष्टिकरण तुलनात्मक रुपमा सफ्ट आएको बताउनुभएको थियो ।