अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक सुरु

एमाले केन्द्रीय कमिटी बैठक सुरु


काठमाडौं– नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटी सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठक नेताहरुको कारबाहीलगायतका एजेन्डा छन् । बैठक सुरु हुनुअघि स्थायी कमिटी बैठक बालुवाटारमै बसेको थियो ।

सरकारविरुद्ध कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताव ल्याउने सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाउनुभएको बताइएको छ ।

राति ११ बजेतिर सबै केन्द्रीय सदस्यहरुलाई एसएमएसमार्फत बैठकको सूचना पठाइएको हो ।

सरकारविरुद्ध कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताव हाल्ने अन्तिम तयारी गरेको सूचना पाएपछि प्रधानमन्त्री ओलीले राति नै बैठक बोलाउन निर्देशन दिनुभएको हो ।