अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक ३० मिनेटमै सकियो

एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक ३० मिनेटमै सकियो


काठमाडौं– नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटी बैठक ३० मिनेटमै सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा कोरोना महामारी नियन्त्रणमा पार्टी पंक्ति परिचालन गर्नेमा केन्द्रित भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ‘सबै शक्ति कोरोना महामारी नियन्त्रणमा केन्द्रित हुन पार्टी पंत्ति परिचालन गर्ने निर्णय भएको छ,’ ज्ञवालीले भन्नुभयो ।

एमाले केन्द्रीय कमिटी बैठकले यसअघि नै कोरोना महामारी नियन्त्रण, उपचार र रोकथामका लागि पार्टी पंत्ति परिचालन गर्ने निर्णय गरिसकेको छ ।