अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेताहरूको कारबाहीबारे प्रधानमन्त्री भन्नुहुन्छ- ‘अध्ययन भइरहेको छ, उपयुक्त समयमा निर्णय हुन्छ’

नेताहरूको कारबाहीबारे प्रधानमन्त्री भन्नुहुन्छ- ‘अध्ययन भइरहेको छ, उपयुक्त समयमा निर्णय हुन्छ’


काठमाडौं- एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर गतिविधि गर्ने पार्टीका नेता कार्यकर्ताको कारबाही उपयुक्त समयमा हुने बताउनुभएको छ ।

नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको आइतबार बालुवाटारमा बसेको बैठकले स्पष्टीकरण सोधिएका नेताहरूको स्पष्टीकरण जवाफ र अन्य गतिविधिबारे अध्ययन भइरहेको बताउनुभयो । ‘उहाँहरूको गतिविधिबारे अध्ययन भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसबारे उपयुक्त समयमा निर्णय हुन्छ ।’

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार कर्णालीमा जस्तै संघ र अन्य प्रदेशमा फ्लोर क्रस गर्न भइरहेको योजनाबारे अध्ययन भइरहेको बताउनुभयो ।

पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्नेबारे केन्द्रीय कमिटीले स्थायी कमिटीलाई जिम्मा दिइसकेको छ । आइतबार नै स्थायी कमिटी बैठक बसेको थियो ।

अविश्वासको प्रस्ताव दर्ता गर्ने पूर्वजानकारी पाएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाउनुभएको थियो ।