अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस पदाधिकारी बैठक बस्दै आज, यी विषयमा हुँदैछ छलफल

कांग्रेस पदाधिकारी बैठक बस्दै आज, यी विषयमा हुँदैछ छलफल


काठमाडौं- नेपाली कांग्रेसका पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठक आज अपराह्न २ बजे बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल हुने जनाइएको छ ।

पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका कार्यसूचीसमेत तय गर्ने बताइएको छ । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ ।

पार्टीको १४औँ महाधिवेशन तयारीकै सम्बन्धमा छलफल गर्न सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।