अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसद्वारा संविधानसभा सदस्य सिद्दिकीको निधनप्रति दुःख व्यक्त

कांग्रेसद्वारा संविधानसभा सदस्य सिद्दिकीको निधनप्रति दुःख व्यक्त


काठमाडौं- नेपाली कांग्रेस संसदीय दलले संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको यही वैशाख ११ गते निधन भएको थियो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज शोक विज्ञप्तिमार्फत संविधानसभा सदस्य सिद्दिकीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी सिद्धिकी २०६४ सालको पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य हुनुभएको थियो ।

राजनीतिका साथै विभिन्न सामाजिक संस्थामा आबद्ध रहँदै आउनुभएकी नेत्रृ सिद्दिकी समाजसेवा र मानव अधिकारका क्षेत्र, विशेष गरी महिलाको हकअधिकारका लागि क्रियाशील हुनहुन्थ्यो ।

पार्टीको सङ्गठन, सुदृढीकरण एवं विस्तारमा सक्रिय रहँदै आउनुभएका उहाँको निधनले कांग्रेसले पार्टी एवं सामाजिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।