अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशव्यापी लकडाउन हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

देशव्यापी लकडाउन हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं- सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको जानकारी दिनुभएको हो । एमाले महाधिवेशन आयोजक कमिटीको बैठकका निर्णयबारे पत्रकारलाई जानकारी दिने क्रममा ज्ञवालीले सो कुरा बताउनुभएको हो ।

तर कोरोनाको कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुन सक्ने सम्भावना भने रहेको उहाँले बताउनुभयो ।

ज्ञवालीले भन्नुभयो, ‘तत्काल देशव्यापी रूपमा लकडाउन गर्ने पक्षमा सरकार छैन, अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने हो, लकडाउन समाधान होइन, भर्खर अर्थतन्त्र तंग्रिन थालेकाले सकभर अर्थतन्त्रमा प्रतिकूल प्रभाव नपरोस् र जनजिविका पनि सहज होस् भन्ने सरकारको चाहना हो ।’

कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी प्रभावित ठाउँमा लकडाउन गर्न प्रस्ताव गरेको छ । स्वास्थ्य मापदण्ड कडा रूपमा पालना गराएर जनजीवन सहज बनाउने गरी सरकारले आदेशहरू जारी समेत गरेको छ । तर, ती आदेशको उल्लंघन गर्दा संक्रमण फैलने जोखिम बढेको छ ।

सरकारले आदेश कार्यान्वयन गर्नेलाई कारबाही गर्ने रणनीति समेत बनाएको छ ।