अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक पक्राउ

उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक पक्राउ


काठमाडौं- उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गर्दै तामाङलाई आइतबार कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ पूर्जीमा उल्लेखमा उल्लेख भएअनुसार विद्युतीय कारोबार ऐन र राज्यविरुद्ध कसुरसम्बन्धी मुद्दामा तामाङलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले तामाङलाई अनलाइनको कार्यालय बाहिरबाट पक्राउ गरेको जानकारी दिनुभयो ।

उक्त अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो ।

सो समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो।