अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

‘फ्लोर क्रस’ गरेका चार सांसद प्रदेशसभा सदस्यबाट निष्कासित

‘फ्लोर क्रस’ गरेका चार सांसद प्रदेशसभा सदस्यबाट निष्कासित


सुर्खेत- ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रको सरकार जोगाउने नेकपा एमालेका चार जना सांसदलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको छ ।

नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरी सरकार बचाउन भूमिका खेलेको भन्दै प्रदेशसभा सदस्य पदबाट मुक्त गराइएको पत्र प्रदेशसभामा दर्ता गर्नु भएको हो ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार पदमुक्त हुने प्रदेशसभा सदस्यमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा हुनुहुन्छ । ज्वालाबाहेक तीन जना माओवादी नेतृत्वको सरकारमा मन्त्री भइसक्नुभएको छ ।