अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकाका तीनै सीडीओ कार्यालयमा अत्यावश्यकबाहेक सेवा बन्द

उपत्यकाका तीनै सीडीओ कार्यालयमा अत्यावश्यकबाहेक सेवा बन्द


काठमाडौं- काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै सेवा एक साताका लागि बन्द गर्ने भएका छन् ।

आइतबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साताका लागि सेवा बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनहरूले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीले जानकारी दिनुभयो ।

प्रजिअ पराजुलीका अनुसार ती अत्यावश्यक काम शान्ति(सुरक्षा, ठाडो उजुरीलगायत नगरी नहुने काम मात्र सञ्चालन गर्ने निर्णय गरिएको हो ।

नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, संघ(संस्था दर्ता, नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द गरिएको प्रशासनले जनाएको छ ।