अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रूपन्देहीमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु, ६ जना गम्भीर घाइते

रूपन्देहीमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु, ६ जना गम्भीर घाइते


बुटवल- रूपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।

भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रूपन्देहीको कोटिहवामा पछाडिबाट ठक्कर दिएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा तिलोत्तमा नगरपालिका-५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट सरस्वतीको घटनास्थलमै र गंगाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी टिपर चालकसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये टिपर चालकको युनिभर्सल मेडिकल कलेजमा र अन्य ४ जनाको क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।