अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहाडमा २ सय र शहरमा ५ सय सक्रिय संक्रमित भए निषेधाज्ञा गर्न सिफारिस

पहाडमा २ सय र शहरमा ५ सय सक्रिय संक्रमित भए निषेधाज्ञा गर्न सिफारिस


काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सक्रिय कोरोना संक्रमितको संख्या पहाडमा २ सय र शहरमा ५ सय जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

आज बसेको बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो ।

त्यस्तै, बैठकले भोलिदेखि सुरू हुने विद्यालय तहका सम्पूर्ण परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आजबसेको बैठकले सोमबारदेखि परीक्षा स्थगित गर्न सिफारिस गर्न सिफारिस गरेको हो । पछिल्लो दिनमा नेपालमा दैनिक २ हजारभन्दा बढी संक्रमित भेटिरहेका छन् ।