अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तामाङद्वारा एमाले कार्यालय सचिवको पदभार ग्रहण

तामाङद्वारा एमाले कार्यालय सचिवको पदभार ग्रहण


काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङले नेकपा एमाले केन्द्रीय कार्यालयको सचिवको पदभार ग्रहण गर्नुभएको छ । उहाँले आज पदभार ग्रहण गर्नु भएको हो ।

पदभार ग्रहण गर्दै नेता तामाङले कार्यालय सञ्चालनलाई थप चुस्तदुरुस्त बनाउने, पार्टीको नेता र कार्यकर्ताबीचको अन्तरसम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेता तामाङलाई कार्यालय सचिवको जिम्मेवारी दिएको थियो । एमाले कार्यालयमा यसअघि ईश्वरी रिजाल कार्यालय सचिव हुनुहुन्छ ।

तामाङ थपिएपछि एमाले कार्यालय सचिवमा दुई जना हुनु भएको छ ।