अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नाम जोगी, बाबाजी भने जस्तो होइन : प्रधानमन्त्री ओली

एमाले नाम जोगी, बाबाजी भने जस्तो होइन : प्रधानमन्त्री ओली


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नाम जोगी र सन्यासी जस्तो नभएको बताउनुभएको छ । माधव नेपाल समूहप्रति संकेत गर्दै उहाँहरुले एमाले भन्नु नाजायज भएको बताउनुभएको छ ।

इमेज टेलिभिजनको हट सिट कार्यक्रमलाई आइतबार राति अन्तर्वार्ता दिंदै प्रम ओलीले सो कुरा बताउनुभएको हो । ‘एमाले भनेको जोगी सन्यासी बाबाजी भने जस्तो त होइन नि । उ पनि बाबाजी, म पनि बाबाजी भन्छ । एउटा श्री श्री महाराज भन्छ, अर्काले स्वामी महाराज भन्छ । स्वामी महाराज भने जस्तो त होइन नि पार्टी भनेको त ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एउटा विचारमा , आस्थामा, गन्तव्यमा लक्षित भएर एउटै बाटोबाट एउटै दिशाबाट अघि बढ्ने संकल्पका साथ अघि बढ्ने संगठन हो ।’

माधव नेपालहरुले अनुशासनहीन काम गरिरहेको उहाँले बताउनुभयो । ‘संसारको जुनुसुकै पार्टीमा एउटा कमिटी हुन्छ एउटा जनवर्गीय संगठन हुन्छ । अनि म नै एमाले हुँ भन्ने रु हिजो पनि प्रचण्डसँग मिलेर उहाँले नै पार्टी हुँ भन्नुहुन्थ्यो नि हैन ?’