अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना : एकको मृत्यु, ११ जना घाइते

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना : एकको मृत्यु, ११ जना घाइते


कैलाली- कञ्चनपुरबाट जन्ती बोकेर गएको जीप बैतडीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-६ ग्वाल्लेक घट्टेघाट खोलामा भएको जीप दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको बलेरो जीप सोमबार बिहान ५ः५० बजेको समयमा दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

सो दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका-३ का ५५ वर्षीय देवदत्त जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

१२ जना सवार रहेको उक्त जीपमा ११ जना घाइते रहेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।