अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकाका तिनै सीडीओको बैठक बस्दै, निषेधाज्ञा लगाउनेबारे छलफल हुने

उपत्यकाका तिनै सीडीओको बैठक बस्दै, निषेधाज्ञा लगाउनेबारे छलफल हुने


काठमाडौं- आज काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । बैठक काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्न लागेको हो ।

सो बैठकले उपत्यकाका तीनवटै जिल्लामा कहिलेदेखि निषेधाज्ञा लगाउने भन्ने विषयमा निर्णय लिन सक्ने बताइएको छ ।

अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्ने विषयमा छलफल गर्न आइतबार उपत्यकाका तीनवटै जिल्ला प्रशासकहरूको बैठक बसेको थियो । ‘हिजो हामी तीनै जना बसेर के गर्ने भन्नेबारे एक प्रकारको सोच बनाइसकेका छौँ । अब आज पनि बैठक छ । हामी बसेर थप निर्णय गर्छौँ,’ ललितपुरका निमित्त सीडीओ ललितकुमार बस्नेतले भन्नुभयो ।

यस्तै, भक्तपुर जिल्लाका सहायक सीडीओ मुकेशकुमार केशरीका अनुसार सीसीएमसीको आइतबारको बैठकले गरेको सिफारिसका बारेमा थप निर्णय गर्नका लागि तीनै जना सीडीओहरूको बैठक काठमाडौंमा बस्न लागेको हो ।